मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला

डिसी नेपाल
६ असार २०७८ १९:५६

सिन्धुपाल्चोक । यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ ।

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *