पार्टी छाेडेका जनप्रतिनिधि र केन्द्रीय नेतालाई कारवाही गर्ने माओवादी केन्द्रकाे निर्णय
काठमाडौ। माओवादी केन्द्रले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय जनप्रतिनिधिका साथै केही केन्द्रीय नेताहरुले समेत पार्टी छाेडेकाले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ।
सोमबार विहान बसेको माओवादी केन्द्रको आकस्मिक केन्द्रीय समिति बैठकले आफ्नो दलबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधि र केन्द्रीय नेताहरुले पार्टी छोडेकाले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो।
स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो। भर्चुअल माध्यमबाट बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment