तत्काल सार्वजनिक यातायात सञ्चालन गर्ने वातावरण बनाउन व्यवसायीको माग

डिसी नेपाल
७ असार २०७८ १६:३१

काठमाडौं। सुन्दर यातायात प्रा.ली.ले सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गर्दै सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ। सोमबार (आज) भौतिक पूर्वधार तथा यातायात सचिव रविमान श्रेष्ठको कार्य कक्षमा ज्ञापनपत्र बुझाएको प्रा.ली.का अध्यक्ष भेष बहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लामो समयसम्म लकडाउनको कारण यातायात व्यावसायीहरुले मासिक रुपमा बैकहरुलाई बुझाउनु पर्ने किस्ता रकम बुझाउन नसकिरहेको तथा हामी यस क्षेत्रमा आवद्व भई व्यवसाय गरी रहेका सम्पूर्ण व्यवसायी सो मा आवद्व कामदार, मजदुर कर्मचारीहरुको न्यूनतम आवश्यकता पुरा गर्न समेत कठिनाई भएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै लामो समयसम्म लकडाउन गराउने हो भने सार्वजनिक यातायातका क्षेत्रमा रहेका यातायात व्यावसायी , मजदुर , कामदार कर्मचारीहरुलाई थप आर्थिक समस्या भई समग्र देशको अर्थतन्त्रमा समेत संकट पर्ने भएकाले तत्काल सार्वजानिक बस सञ्जालनमा सहजीकरण गरीदिन प्रा.ली.ले माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *