एमालेको वार्ता विथोलिएको संकेत

डिसी नेपाल
७ असार २०७८ २०:४७

काठमाडौं। सत्तारुढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि भएका दर्जनौ पटकका अनौपचारिक वार्ताले सहमति जनिक पुगेको चर्चा भइरहेका बेला सो वार्ता विथोलिएको संकेत देखिएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले सामाजिक सञ्जालमा सोमबार साँझ गरेको टिप्पणीले वार्ता विथोलिएको संकेत गरेको हो।

सोमबार नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पार्टी एकताका लागि अधिकतम लचक हुँदा त्यसलाई कमजोरीका रुपमा लिइएको बताएका छन्। नेता नेपालले यो स्टाटस लेख्नुअघि सोमबार नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यसँग छलफल गरेका थिए। सोमबार दिउँसो नेता नेपाल निवास कोटेश्वरमा यो छलफल भएको थियो। यी नेताहरुलाई ओली पक्षसँग वार्तामा सहभागी थिए। वार्तामा सहभागी नेताहरुसँगको छलफलपछि नेता नेपालले दिएको सार्व जनिक टिप्पणीले एमालेमा समाधानको बाटो नभेटिएको स्पष्ट गरेको छ।

नेता नेपालले लेखेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो। जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’

उनले कर्णाली प्रदेशका ४ जना सांसदको पदबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध ओली समूह पुनरावलोकनमा गएपछि थप शंका बढेको बताएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आइतबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गएको छ।

नेता नेपालले लेखेका छन्, ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।अ सल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *