नेपाल प्रहरीमा १ जना एआईजीको दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णय

डिसी नेपाल
७ असार २०७८ २१:४७

काठमाडौं। सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा एक दरबन्दी थपेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय गरेको एकमन्त्रीले जनाए। हाल नेपाल प्रहरीमा ४ जनाको दरबन्दी कायम थियो।

अब प्रहरीमा एआईजी ५ जना हुने भएका छन्। यसअघि ओली सरकारले नै एआईजीको संख्या ५ बाट घटाएर ४ बनाएको थियो। तर, फेरि एआईजीको दरबन्दी थपरेर पाँच पुर्याइएको हो।

गृहमन्त्री खगराज अधिकारीले गृहमन्त्रालयबाट राखेको प्रस्ताव अनुसार एआईजीको दरबन्दी थपिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *