सर्वोच्चको फैसला बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड: योगेश भट्टराई

डिसी नेपाल
८ असार २०७८ २०:२२
2.5k
Shares

काठमाडौं। सर्वोच्च अदालतले ओली सरकारका २० जना मन्त्रीहरुलाई पदमुक्त गरिदिएपछि त्यसमा प्रतिक्रिया आउनेक्रम जारी छ। प्रतिनिधिसभा विघटनपछि कामचलाउको हैसियतमा रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्वोच्चमा दायर रिटमाथि मंगलबार सर्वोच्चले अन्तरिम आदेश दिँदै मन्त्रिपरिषद विस्तारलाई अवैध ठहर गरिदिएको छ।

यो आदेशबारे प्रतिक्रिया दिँदै एमाले नेता यो फैसला बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको बिंड भएको प्रतिक्रिया दिएका छन्। उनले ट्वीट गर्दै सर्वोच्चको आदेशलाई एमालेलाई एकता बनाउन उत्प्रेरणा दिनेसमेत बताएका छन्। उनले लेखेका छन्, ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त। एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ। बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो। भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *