महामारीमा मनकारी नर्स : समूह बनाएर जुटे कोभिडको उपचारमा

सम्भव सिंह ठकुरी
९ असार २०७८ ७:२१

काठमाडौं। कोरोनाले विश्व आक्रान्त छ। महामारीका अनेक रुप तथा लहरहरु विभिन्न देशमा आइरहेका छन्, आउने क्रम जारी छन्। नेपालले पनि कोरोनाको दोस्रो लहरको महामारी सामना गरिरहेको छ। तेस्रो लहरका लागि सचेतरहन विज्ञहरुले सुझाव दिइरहेका छन्।

समाजमा अनेक सोच भएका मानिसहरु हुन्छन्। ठूलै घरानाहरुले पनि महामारीलाई कमउने अवसरको रुपमा प्रयोग गरिरहेका समाचारहरु पनि बाहिरिए। कतिपयले पनि समाज सेवा गर्ने अवसरका रुपमा पनि महामारीलाई लिएका छन्।

कोरोना महामारीमा सबै भन्दा अग्रपंतिमा लागेर काम गर्ने स्वास्थ्य कर्मी नै हुन्। स्वभावले नै सेवाको पेसा रहेको स्वास्थ्यकर्मीहरुले कोरोनाबाट प्रभावित भएकाहरुलाई निःशुल्क सेवा दिन नर्सहरुको समूह पनि तयार भएको छ। थाइल्याण्डकाे  माहिडाेल युनिभर्सिटीमा  मास्टर्स गर्दै गरेकी  रेशु पौडेल अहिले नर्सहरुको यही समूहको बाग्मती प्रदेशको संयाेजक भएर नेतृत्व गर्दै छिन्।

‘भावना शब्दमा मात्र व्यक्त गर्नु व्यर्थ हो। तर यसलाई हामीले काममा ल्याउनुपर्छ,जसले उत्तम परिणाम ल्याउँछ’ रेशु पौडेल र उनको टिमले पनि सहयोगको भावनालाई काममा ल्याउन थालेका छन्।

सातवटै प्रदेशमा समूह बनाएर कोरोना संक्रमित भएकाहरुलाई र पोष्ट कोभिडका विरामीलाई परामर्श दिन उक्त समूह लागि परेको छ। कोभिड विरुद्ध नागरिकलाई सही सूचना, परामर्श र स्वास्थ्य सेवाका लागि ‘कोभिड विशेष नर्स समूह’ सक्रिय भएका छन्।

नर्सहरुले  काेविड महामारीकाे बेला  स्वास्थ्य प्रणालीमा सेवा पुगाेस भनेर दुर्गा सापकाेटाकाे संयाेजकत्वमा समूह बनेकाे हाे। हाल याे समूह स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आफ्नाे निशुल्क परामर्शका साथै तालिम संचालन गर्दै आएकाे पौडेलले बताइन्।

थेसिसका लागि नेपाल आएकी रेशु कोरोनाको दोस्रो लहरका कारण थाइल्याण्ड फर्किन सकेकी छैनन्। कोरोनाले धेरै नेपालीको दैनिकी असहज बनेको बेला नागरिकको जीवन रक्षाका लागि केही राहत पुग्ने प्रयोजनले आफू जस्तै अन्य नर्सहरुसँग सल्लाह गरेर यो अभियान चलाएको उनको भनाइ छ।

‘कोरोना विरुद्ध मानिसहरु गलत सूचनाको कारण अन्यौलमा परेको अवस्थामा मानिसहरुलाई तथा संक्रमितहरुलाई सकारात्मक मनोपरामर्श दिन संक्रमितहरुलाई निशुल्क स्वास्थ्य जाँच र टेली परामर्श दिन यो समूह बनाइएको हो,’ रेशुले भनिन्।

बैशाखदेखि यो अभियान थालिएकोमा ७०० जना भन्दा धेरै संक्रमितहरुले यो सेवाबाट लाभ लिसकेका छन्। उनका अनुसार, यो अभियान संचालन भएपछि समूहमा आवद्ध सबै समूहका नर्सहरुको सम्पर्क नम्वर २४ घण्टानै संक्रमितको सेवामा लाग्ने भनेर सार्वजानिक गरिएको छ।

घरमा आइसोलेशन भएका संक्रमितको जाँच दिनमा तीन पटकसम्म संक्रमितकाे फलाेअप  गरिएको र संक्रममितको अवस्था हेरेर अस्पताल लैजानुपर्ने अथवा घरमै निको हुने त्यो खाले परामर्श दिँदै आएको छ। याे समूहकाे मुल उद्देश्य राेकथाम र विरामीकाे अवस्थाकाे सुधारकाे लागि दैनिक परामर्रश दिइरहेका छन्।

रेशुका अनुसार यो समूह गठन गर्दा  २२ जना नर्सहरु मिलेर खाेलेपनि अलेसम्म १०० जना नर्स आवद्ध रही अरू थपिने क्रम जारी छ। केही नर्सहरु अध्ययन गर्दै गरेका केही विभिन्न ठाउँहरुमा काम गरिराखेका नर्सहरुले सेवा दिँदै आएको छ। यस्तो संकटकोबेला सबै प्रदेशमा विरामीको सहजता र मानवीय सेवाको लागि यो अभियान गरिएको उनको भनाइ छ।

संक्रमण भएपछि कसरी आफू,परिवार र समाजलाई कसरी व्यवस्थापन गर्ने ? घरमा आइसोलेशन रहँदा परिवारका अरु सदस्यलाई कसरी जोगाउने? कस्तो खाना खाने ? आफ्नो मानसिक स्वास्थ्य कसरी सन्तुलित राख्ने? कुन बेला अस्पताल जाने? लगायतका विषयमा नागरिकलाई निःशुल्क परामर्श दिइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *