प्रधानमन्त्रीका सल्लाहकारले गरे सर्वोच्चमा सेटिङको शंका
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद पुनर्गठनलाई मान्यता नदिने सर्वोच्चको फैसला सेटिङका आएको आशंका गरेका छन्।
थापाले बुधबार विहान सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै मंगलबारको सर्वोच्चको फैसलालाई आफ्नै नजिरि विपरितको फैसला भनेका छन्।
थापाले २०७४ असोज र २०७८ असारका बीच सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ? भन्दै प्रश्न गरेका छन्। उनले आफ्नै नजिर र व्याख्या विपरित रहेको हिजाको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको टिप्पणी गरेका छन्। ‘संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पुर्याउने होला?’, उनले लेखेका छन्।
थापाले प्रचण्डले एक दिन अघि गरेको भाषण र सर्वोच्चको एक दिनपछिका फैसला हुबहु मिलेको आरोप लगाएका छन्। ‘यो सोटिङ हो कि के हो? माधव, रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु? यो चाहिँ के भएछ, संयोगमात्रै कि केही अरु?,’ उनले लेखेका छन्।
‘देउवालाई २०७४ मा मन्त्रिपरिषद विस्तारको अधिकार थियो, अहिले ओली चाँही छैन?,’ थापाले लेखेका छन्, ‘सर्वोच्च अदालत आफ्नो प्रतिष्ठामा कायम रहोस्, बस! मन्त्री बनाउने, बजेट वक्तव्यको सशोधनन/सम्पादन वा कुनै बुँदा खारेज गर्ने, कार्यविधि र नियमावली बनाउने अखधिकार अब सर्वोच्चकै हो र?,’ उनले लेखेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment