दलितलाई घरभाडा प्रकरणमा पक्राउ परेकी घरबेटी रिहा
सांकेतीक तस्वीर-
काठमाडौं। दलित युवतीलाई घर भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन्। उनी बुधबार सरकारी वकीलको आदेशमा उनी रिहा भएकी हुन्। उनलाई जमानतमा रिहा गरिएको प्रहरीले जानकारी दिएको छ। प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन्।
पत्रकार रुपा सुनारले कोठा भाडामा नदिएको भन्दै प्रधानविरुद्ध जाहेरी दिएकी थिइन्। प्रधान पक्राउ परेपछि यो विषयले निकै चर्चा पाएको थियो। सामाजिक सञ्जालहरुमा पक्ष र विपक्षमा बहस शुरु भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment