मदिराको मदमा हत्यारा बने सुरेश, बाटो खर्च नभएपछि मृत्युको मुखमा पुगिन् सन्तोषी

डिसी नेपाल
१० असार २०७८ १८:०२

काठमाडौं। विभिन्न चराचुरुंगीको आवाज निकाले चर्चामा आएकी सन्तोषी सुब्बाको यही असार ६ गते फर्पिंगमा क्षतविक्षत शव भेटियो। काठमाडौंको कालोपुल बस्दै आएकी सन्तोषीको शव निषेधाज्ञा जारी रहेकै अवस्थामा फर्पिंगमा भेटिएपछि उनी त्यहाँ कसरी पुगिन् भन्ने प्रश्नको खोजीमा प्रहरी छ।

काठमाडौं महानगरीय अपराध महाशाखाले यो हत्या प्रकरणको अनुसन्धान गरिरहेको छ। प्रहरीले सन्तोषी कसरी फर्पिंग पुगिन् भन्ने प्रश्नको जवाफ हालसम्म नभेटाए पनि घटनाका मुख्य आरोपीलाई भने पक्राउ गर्न सफल भएको छ। महानगरी अपराध महाशाखाको टोलीले सन्तोषीको हत्या आरोपमा सिन्धुपाल्चोकको चौतारा घर भई दक्षिणकाली बस्दै आएका बसका सहचालक सुरेश तिम्लिसनालाई पक्राउ गरेको छ।

पक्राउ परेका सुरेशले अपराध प्रहरीको बयानमा स्वीकार गरेका छन्। प्रहरीका अनुसार सन्तोषी ५ गते नै फर्पिंग पुगेकी थिइन्। ६ गते उनको हत्या भयो। हत्या हुने दिन कालोपुल फर्किन सन्तोषीसँग पैसा नभएपछि उनले फर्पिंगमा आफ्नो कलाका माध्यमबाट सहयोग जुटाउने प्रयास गरेकी थिइन्। विभिन्न चराचुरुङ्गीको आवाज निकाल्ने उनले त्यहाँ त्यसै गरिन्। विभिन्न चारको आवाज निकाल्दै उनले सहयोग मागिन्। उनले करिब ५ घण्टा त्यहाँ चराको आवाज निकाले सहयोगका लागि आग्रह गरेको फर्पिंगका स्थानीयले प्रहरीलाई बताएका छन्।

यो सबै हेरिरहेका सुरेशको मनमा अपराधले जन्म लियो। मदिराको मदमा रहेका उनले सन्तोषीलाई करणी गर्ने योजना मनमनै बनाए। उनले प्रहरीसँगको बयानमा आफूले गरेको अपराधकर्मबारे बयान दिएका छन्।

बेखर्ची भएर समस्यामा परेकी सन्तोषीलाई सुरेशले आफूले काठमाडौंसम्म जाने गाडी भाडाको व्यवस्था गरिदिने भन्दै आफूसँगै लेगे। जब फर्पिंगको एक पुरानो शौचालयमा सन्तोषी शौच गर्न पुगिन सुरेशले राक्षसी रुप देखाए। उनी एक्कासी सन्तोषीमाथि आक्रामक भए।जबरजस्ती करणीको प्रयास गरेपछि सन्तोषीले प्रतिकार गरिन्। दुबैबीच घम्साघम्सी भएको प्रहरीले घटनास्थलबाट प्राप्त गरेका प्रमाणहरुले पनि देखाएको छ।

आफ्नो योजना सफल हुने नदेखेपछि मदिराको मदमा रहेका सुरेशले सन्तोषीकै सलले घाँटी बुझेर हत्या गरे। हत्यापछि होसमा आएका उनले उनको अनुहार चिन्न नसकियोस भने ढुंगाले अनुहारमा पटक पटक प्रहार गरे। त्यसपछि ट्याक्सी बुक गरेर उनी काठमाडौं हानिए। र असनस्थित आफन्तको घरमा लुकेर बसे।

सन्तोषी एक सडक बालबालिका थिइन्। उनलाई कालोपुल बस्ने धनबहादुर तामाङले धर्मपुत्री बनाएर पालेका थिए। सानैदेखि जनावरसँग लगाव भएकी सन्तोषी ठूली भएपछि चराचुरुंगीको आवाज निकाल्ने कलामा पोख्त भइन्। युट्युबमा उनको कलाबारे चर्चा भयो। उनी युट्युबकै कारण चर्चित भइन्। फर्पिंगबाट फर्किने पैसा जोहो गर्न जीवनको अन्तिम दिन पनि उनले सोही कलाको साहारा लिएकी थिइन्। तर, उनी सुरशेको हातबाट मारिन पुगिन्।

प्रहरीले विहीबार सुरेशले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीले सुरेशलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर अनुसन्धान थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *