सर्पदंशबाट घाइते श्रीमतीको उपचार नगरी उल्टै कुटपिट गरी हत्या
पर्वत। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्वतको बिहादी गाउँपालिका १ का लालबहादुर सार्की पक्राउ परेका छन्। बिहादी गाउँपालिका १ बाच्छा क्यूडाँडा बस्ने ३६ वर्षीया तारा नेपालीको कुटपिट गरी हत्या गरेको अभियोगमा सार्कीलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हो।
आफ्नै बारीमा काम गर्ने क्रममा असार ४ गते सर्पले टोकी घाइते भएकी ताराको उपचार नगरी सार्कीले हत्या गरेको प्रहरीले जनाएको छ। उपचार गर्नुपर्ने श्रीमतीमाथि उल्टै कुटपिट गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्यापछि सार्कीले घर भित्रै खाल्डो खनेर शव व्यवस्थापन गर्ने तयारीसमेत गरेको प्रहरीले जनाएको छ। जिल्ला अदालत पर्वतले सार्कीलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमित दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment