कर अधिकृतविरुद्ध मुद्दा दायर

डिसी नेपाल
१० असार २०७८ २२:५४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएका अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढकालविरुद्ध बिगोबमोजिम कारवाहीको माग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *