दुई स्वास्थ्यकर्मीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’

डिसी नेपाल
११ असार २०७८ २२:४२
48
Shares

काठमाडौं । मदन भण्डारी फाउण्डेशनले २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटका स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौंमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु एक लाख छ ।

उक्त पुरस्कार यही असार १४ गते जननेता भण्डारीका ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । कोभिड १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही संक्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेकामा उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेशनका सचिव पेम्बा लामाले जानकारी दिए।

समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्य कलाकार महजोडी, शहीद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ भगवान कोइराला र सामाजिक अभियानकर्मी महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्रा डा सुबोध शर्मालाई प्रदान गरिएको थियो । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *