कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, १ हजार ९२० जना संक्रमित थपिए
काठमाडौं। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
गत २४ घण्टामा नेपालमा १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ७ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५६७ पीसीआर परीक्षण गर्दा १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८३६ परीक्षण गर्दा ५६७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment