महिनाको सय डलर दुई वर्षसम्म दिने पराजुलीको घोषणा, बाल्टिमोरबाट २७ हजार उठ्यो

डिसी नेपाल
१५ असार २०७८ ८:५३

बाल्टिमोर, अमेरिका। गैरआवासीय नेपाली संघ मेरिल्याण्डको नवनिर्वाचित च्याप्टरले डा.महावीर पुन नेतृत्वको राष्टिय आविष्कार केन्द्रलाई प्रत्येक महिना एक सय अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

यस्तो सहयोग आफ्नो कार्यकालभरि जारी रहने जानकारी पनि दिइएको छ। संघको विधानअनुसार, एउटा च्याप्टरको कार्यावधि दुई बर्षको हुन्छ। आफू नेतृत्वको नव निर्वाचित कार्यसमितिले जुलाई १० मा कार्य सम्हाल्नुअघि नै सामाजिक काममा आफ्नो प्रयासस्वरुप नवनिर्वाचित अध्यक्ष राजु पराजुलीले सो घोषणा गरेका हुन्।

केन्द्रका अध्यक्ष तथा नेपाली बैज्ञानिक महावीर पुन बाल्टिमोर भ्रमणमा रहेको बेला आयोजित मिट एण्ड ग्रिट कार्यक्रममा पुनकै उपस्थितिमा अध्यक्ष पराजुलीले आफ्नो कार्यसमितिले आविष्कार केन्द्रको उदेश्य पुरा गर्नका लागि प्रोत्साहनस्वरुप सहयोगको घोषणा गरेको बताएका थिए।

उनले आफ्नो सानो सहयोग भएपनि निरन्तर गरिने सहयोगले आविष्कार केन्द्रका काममा मद्धत पुग्ने विश्वास व्यक्त गरेका थिए । हरेक महिना गर्ने सहयोगवाहेक जुन २७ मा आयोजित मिट एण्ड ग्रिट कार्यक्रमका दिन उनले एकमुष्ट ७ सय ६५ डदर रकम पनि दिएका थिए।

बाल्टिमोरबाट २७ हजार डलर

डा.पुनको उपस्थितिमा भएको मिट एण्ड ग्रिट कार्यक्रममा बाल्टिमोरमा कार्यरत नेपाली संघ संस्थासहित समाजसेवीहरुबाट २७ हजार अमेरिकी संकलन गरी डा.पुनलाई हस्तान्तरण गरिएको छ।

बानाका अध्यक्ष सुबोध बिलास पन्तको अध्यक्षता, डा. महावीर पुनको प्रमुख आतित्यथा, महावाणिज्यदूत प्रेमराजा महतज्यू विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा डेलिगेट एच. बि भण्डारी, एनआरएनए अमेरिकाका निर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त, म्याग्दी समाजका अध्यक्ष इन्द्र थापालगायतले धारणाा राखेका थिए। कार्यक्रम म्याग्दी समाजका महासचिव भिम केसीको संचालनमा सम्पन्न भएको थियो।

राष्ट्रिय अविष्कार केन्द्रका लागि बानाको तर्फबाट एकमुष्ट २१ सय डलर, कार्यसमिति तथा विभिन्न व्यक्तिबाट संकलित ५७६.०० डलर हस्तान्तरण गरिएको थियो भने विभिन्न संघ–संस्थाहरू र व्यक्तिगतसहित स्वस्फुर्त रूपमा सत्ताईस हजुर डलर रकम संकलन भएको थियो।

जसमध्ये मगर समाजले ४४६७ डलर, म्याग्दी समाजले ७ हजार डलर, भगवती फाउण्डेसनले १३ सय २९ डलर र साथी बाल्टिमोरले एक हजार तीन डलर, ओएनएफले दुई हजार डलर दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *