राउटे युवतिमाथि यौन हिंसा आरोपमा पक्राउ परेका तीनजना पुर्पक्षका लागि जेल चलान

डिसी नेपाल
१६ असार २०७८ १८:१४

काठमाडौं। सुर्खेतको गुर्वाकोटमा फिरन्ते जारी राउटे समूदायका युवतिमाथि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका तीनजना पुपक्षका लागि जेल चलान भएका छन्।

जिल्ला अदालत सुर्खेतले आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। न्यायाधीश दिलप्रसाद सापकोटाको एकल इजलासले उनीहरूलाई थुनामा राखी मुद्दा चलाउने आदेश दिएको हो।

अदालतको आदेशपछि तीनैजना सुर्खेतको विरेन्दं्रनगरस्थित कारगारमा चलान भएका छन्। गुर्वाकोट नगरपालिकाको बोटेचौरका चौमनबहादुर घर्ती, मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो। उनीहरुले बोटेचौरको एक होटलमा राउटे युवतिमाथि मदिराको नशामा यौन हिंसा गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको थियो। त्यसपछि प्रहरीले उनीहरूलाई प्रहरीले जेठ २३ गते पक्राउ गरेको थियो।

राउटे युवती यौन हिंसामा परेपछि जंगलमा फिरन्ते जीवन बिताउँदै आएको यो समूदामा अन्य मानिसहरुको आवतजावतले सो समूदाय नै जोखिममा परेको छ। सो समूदायको संस्कृतिमाथि अतिक्रमण हुँदा संकटमा परे पनि सरकारले राउटेबारे स्पष्ट नीति नबनाउँदा समस्या भएको छ। राउटेहरुको संरक्षणबारे सरकारले कुनै ठो नीति बनाएको छैन। राउटेलाई सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता दिँदै आएको छ। अन्य समूदायसँग राउटेको हेलमेल बढेपछि सो समूदायमा मदिराको विकृतिसमेत बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *