ललितपुरको प्युटारमा पहिरो जाँदा एकजनाको मृत्यु
फाइल
काठमाडौं। ललितपुरको दुर्गम गाउँ प्यूटारमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ। बागमती गाउँपालिका वडा नं ४ प्युटारमा रहेको बगुवा खोलामा पहिरो जाँदा एक जनाको मृत्यू भएको हो।
विहीबार दिँउसो पहिरो खस्दा ढुंगाले लागेर जेसीबी अपरेटरको मृत्यू भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। मृत्यु हुनेमा सर्लाही घर भएका गोविन्द मगर रहेका छन्। महानगरीय प्रहरी चापागाँउका डीएसपी टेकबहादुर कार्कीका अनुसार हिरालाल थिङले सञ्चालन गरेको वासिङ सेन्टरमा काम गरिरहँँदा अचानक पहाडबाट ढुंगा खस्दा अपरेटर मगरलाई ढुंगाले लागेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment