विद्युतगृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार

डिसी नेपाल
१९ असार २०७८ २२:३०

रसुवा । राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन् । धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो ।

प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए । यसरी विद्युत् प्रभावित हुने क्षेत्रहरूमा कालिका–१, उत्तरगया–१, गोसाइँकुण्ड गाउँपालिकाका छ वडा र आमाछोदिङ्मो गाउँपालिकाको पाँच वडा रहेको प्रमुख भण्डारीले बताए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *