प्रधानमन्त्री ओलीको पुत्ला दहन

डिसी नेपाल
२० असार २०७८ १८:४९
168
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै आएका विद्यार्थी संगठनले आइतबार उनको पुत्ला दहन गरेका छन्। काठमाडौंको दरबारमार्गस्थित त्रिचन्द्र क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका त्रिचन्द्र क्याम्पसका इकाई कमिटी अध्यक्ष शान्त शिवाकोटीको नेतृत्वमा पुत्ला दहन गरिएको हो। पुत्ला दहनपछि विद्यार्थीहरुले राँके जुलुशसमेत निकालेका थिए।

राँके जुलुसमाथि प्रहरीले धरपकड गरेको छ। प्रदर्शन गरिरहेका एक दर्जन विद्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ।

काँग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र समूह), एमालेको माधव समूह र राष्ट्रिय जनमोर्चा सम्वद्ध विद्यार्थी संगठनहरुले लगातार ओली सरकारविरुद्ध प्रर्दशन गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *