सुजिता भण्डारी मृत्यु प्रकरण : शव पोष्टमार्टम गर्दा शरीरमा चोटपटक पाइएन

डिसी नेपाल
२४ असार २०७८ १३:०३

काठमाडौं। चितवनकी २३ वर्षीय सुजिता भण्डारीको शव पोष्टमार्टम गर्दा शरीरमा चोटपटक नभएको पाइएको छ।

केन्द्रीय अनुसन्धान व्यूरो र चितवन प्रहरीले भण्डारीको मृत्युबारे संयुक्त रुपमै अनुसन्धान गरिरहेको अवस्थामा त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा शरीरमा चोटपटक नलागेको पाइएको हो।

चितवनस्थित ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिताको मृत्युको कारण चोटपटक नभएको देखिएपछि व्यूरोले उनको भिसेरा परीक्षणको तयारी गरेको छ।

‘उनको मृत्युको कारण पत्ता लगाउन अब भिसेरा परीक्षणको तयारी भएको छ’, केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको छ।

‘हाइमेन नच्यातिएको’ भेटिएपछि उनको बलात्कार नभएको भन्ने हुन्छ। व्यूरोका प्रमुख डिआइजी धिरजप्रताप सिंहले उनको मृत्युबारे थप अनुसन्धान भैरहेको बताए। पोष्टमार्टम रिपोर्ट आइसकेकाले उनको भिसेरा परीक्षण गराउनु पर्ने आवश्यकता रहेको पनि बताए।

भिसेरा परीक्षणका लागी प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) लाई अनुरोध गरेको छ।

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार दिउसो हराएको ९ दिनपछि फेला परेको थियो। यसक्रमम चितवन प्रहरीले पीडित परिवारले प्रहरीलाई अनुसन्धानको क्रममा सहयोग गर्नुपर्ने जनाउदै आएको छ।

उनको मृत्यु के कति कारणले भएको हो भन्ने बारेमा प्रहरी अन्यौलमा रहेको छ। प्रहरीले घट्ना स्थलबाट विषको बट्टा र स्प्राइटको बोतल बरामद गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *