सालकको छाला सहित दुई जना पक्राउ

डिसी नेपाल
२५ असार २०७८ १८:३९

काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । दुई थान संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित उनीहरुलाई काठमाडौं महानगरपालिका ६ बौद्ध पिपलबोटबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका ५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हित बहादुर मगर रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई संरक्षित वन्यजन्तुको जस्तो देखिने एक थान छाला र संरक्षित वन्यजन्तु सालकको छाला सहितको एक थान खपेटा भएको आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा पेश गरिने उक्त ब्यूरोले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *