राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा
फाइल फाेटाे।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। शनिबार साँझ करिब ६ बजे प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्। यतिबेला प्रधानमन्त्री ओली शीतल निवासमै छन्।
यो नियमित भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ। एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदल सहमति जुटाउन शनिबार पनि असफल भएका बेला प्रधानमन्त्री ओली राष्ट्रपति निवास जानुलाई चासोका साथ हेरिएको छ।
उता प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको फैसला आउने समय पनि नजिकिँदै गएको बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट भएको छ। आगामी सोमबार सर्वोच्चले फैसला गर्ने सम्भावना छ। बहस सकिएर मुद्दा हेर्दाहेर्दैमा छ। सोमबारका लागि पेशी तोकिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment