एमाले विवादः कार्यदलको ‘फाइनल’ बैठक जारी

डिसी नेपाल
२७ असार २०७८ १०:०२
192
Shares

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलको ‘फाइनल’ बैठक सिंहदरबारमा शुरु भएको छ। आजको बैठकबाट सहमति जुटाउने नेताहरुले बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमाथिको फैसला आउनु अगावै सहमति जुटाउने प्रयास भइरहेको छ।

शुक्रबार भएको कार्यदल बैठकपछि अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार सुख्द समाचार सुनाउने बताएका थिए। उनले सबै विषय मिलिसकेकोसमेत दावी गरेका थिए।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल निकट कार्यदलका सदस्य गोकर्ण विष्टले पनि आइतबार सहमति जुट्ने बताएका थिए। उनले केही विषयमा कुरा मिलाउन बाँकी रहेको बताएका थिए। तर, के के कुरा मिल्यो के के बाँकी भन्ने विषयमा भने दुबै नेताहरुले खुलाउन चाहेका थिएनन्।

सर्वोच्च अदालतले सोमबार फैसला गर्न सम्भावना भएकाले आइतबार एमालेको विवाद समाधान गर्न अधिकतम प्रयास गर्ने छन्। नेकपाकालीन विवाद एमाले ब्यूउँतिएपछि एमालेमा सरेको थियो। शुरुमा माधव समूहलाई अलग राखेर अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दै आएका थिए भने माधव समूहले समानान्तर गतिविधि गर्दै आएको थियो। तर, पछिल्लो समय दुबै समूह लच हुँदै विवाद समाधान गर्न तयार देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.