साउदीमा कोरोनाबाट १२ नेपालीको मृत्यु, विदेशमा ४ सय ४७ पुग्यो मृतकको संख्या

डिसी नेपाल
२७ असार २०७८ २२:२४

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९)का कारण विदेशमा गत चार सातामा थप १२ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार साउदी अरबमा १२ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार शनिबार साँझ (१० जुलाई)सम्म विदेशमा ९५ प्रतिशत नेपाली कोरोना संक्रमणमुक्त भएका छन् । संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

एनआरएनएले कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *