कार्यदलको सहमति प्रतिगमनको दस्तावेज : विजय पौडेल
काठमाडौं। नेकपा एमालेको सँयुक्त कार्यदलले पार्टीको विवाद समाधानका लागि आइतबार राति १० बुँदे सहमति गरेको विषयमा माधव समूहका नेता डा. विजय पौडेलले त्यसको विरोध गरेका छन्।
उनले १० बुँदे सहमतिलाई प्रतिगमनको दस्तावेज भनेका छन्। पार्टी सचिब प्रदीप कुमार ज्ञवालीले कार्यदलको १० बुँदे सहमति ट्वीटरमा सार्वजनिक गरेका थिए। त्यसमा जवाफ दिँदै डा. पौडेलले त्यसलाई प्रतिगमनको दस्तावेज भन्दै त्यसलाई अस्वीकार गर्न आव्हान गरेका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment