कांग्रेस महाधिवेशन : प्रदेश एकबाट को–को छन् जिल्ला सभापतिको आकांक्षी ?

सम्भव सिंह ठकुरी
२८ असार २०७८ १२:५१

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडा तहदेखि केन्द्रसम्म बाक्लो सरगर्मी बढ्न थालेको छ। केन्द्रका नेताहरु आफू अनुकूलका नेतालाई जिल्ला सभापति बनाउने कसरतमा लागेका छन्।

यसका लागि नेता कार्यकर्ता केन्द्रीय नेता भेट्न काठमाडौं आउने जाने क्रम निकै बाक्लिन थालेको छ। केन्द्रीय सभापतिका लागि जसरी दावा बढेका छ त्यसरी नै जिल्लामा पनि सभापतिका दावेदारहरु दौडधुप गरिराखेका छन्।

साउन १२ बाट वडा अधिवेशनको कार्यतालिका सार्वजानिक भएको छ भने १६ गते पालिका २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।

त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक सोही संरचना अनुसार हुन लागेको १४ औँ महाधिवेशन नयाँ संरचना अनुसारको हुने छ।
अधिवेशनको मिति नजिकिएसँगै जिल्लाको भावी नेतृत्वको लागि दौडधुप बढ्न थालेको छ।

को को छन् जिल्ला सभापतिको आकांक्षीहरु?

१४ जिल्ला रहेको प्रदेश एकमा कांग्रेसका प्रभावशाली नेताहरु कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, बलबहादुर केसी, केबी गुरुङ, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आचार्य, सुजता कोइराला, विश्वप्रकाश शर्मा, भिष्मराज आङ्दाम्बे, गुरुराज घिमिरे लगायतका नेताहरुको प्रदेश हो।

अधिकांक्ष जिल्लामा जिल्लाका सभापतिहरु केन्द्रीय नेताहरुको अनुकुलमा सभापतिको दावा गरिरहेका छन्। झापा जिल्ला नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्ला हो।

यो जिल्लामा सभापतिमा चार आकांक्षी देखिएका छन्। तीनजना कृष्णप्रसाद सिटौला समूहका छन् भने एकजना शेरबहादुर देउवा समूहका छन्। वर्तमान जिल्ला उपसभापति राम कट्टेल, पूर्वउपसभापति देउमान थेबे र जिल्ला प्रवक्ता लोकराज ढकाल सिटौला समूहका हुन् भने भगीरथ पोद्दार देउवा समूहका हुन्।

मोरङमा केन्द्रीय सदस्य शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आचार्यलगायतका नेताहरुको गृह जिल्ला हो। यो जिल्लामा धेरै जसो शेखर कोइराला पक्षका नेता जिल्ला सभापतिको लाइनमा कसरत गरेका छन् ।

उपसभापति विजयकुमार गच्छदारको पनि प्रभाव पर्ने यो जिल्लामा वर्तमान सभापति डिगबहादुर लिम्बू, सचिव नागेश कोइराला, पूर्वसचिव यदु विष्ट, प्रदेश सभामा प्रमुख सचेतक रहेका केदार कार्की शेखर समूहबाट आकांक्षी छन्। देउवा समूहका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी र पूर्वराज्यमन्त्री दिलीप गच्छदारले पनि आकांक्षीको दावा गरेका छन्।

सुनसरीमा पूर्वमन्त्री सीताराम मेहता, जिल्ला उपसभापति सञ्जय श्रेष्ठ र सचिव केदार भण्डारी तथा जिल्ला सदस्य प्रदीप चौधरीले सभापतिमा आकांक्षा देखाएका छन्। सबै नेताहरु सभापति शेरबहादुर देउवा समूहका मानिन्छन्।

इलाम जिल्लामा वर्तमान सभापति हिमाल कर्माचार्य र नेताहरु केशब थापा, डम्बर खड्का, भेषराज आचार्य सभापति बन्ने दौडमा रहेका छन्।
कर्माचार्य र आचार्य रामचन्द्र पौडेल समूह मानिन्छन् भने थापा र खड्का देउवा समूहका हुन्।

तेह्रथुममा अर्जुन तुम्बाहाम्फे र सन्तोष सुब्बा सभापतिको दौडमा रहेका छन्। तुम्बाहाम्फे जिल्ला उपसभापति हुन् भने सुब्बा सचिब हुन्।
ताप्लेजुङमा बर्तमान सभापति लिला बोखिम प्रदेश सभा सदस्य प्रताप हाङगाम, निवर्तमान सचिव छवि गुरुङ र पूर्वसचिव गजेन्द्र तुम्याहाङ र पूर्व सभापति केशव दहाल सभापतिको आकांक्षीमा देखिएका छन्।

बोखिम,दहाल पौडेल निकट र अन्य सबै देउवा समूहका रुपमा चिनिन्छन्। पाँचथरमा वर्तमान उपसभापति मित्रप्रसाद काफ्ले, सचिव रूपनारायण जबे, नेताहरु सुरेन्द्रकुमार दाहाल र डिकेन्द्र चेम्जोङ आकांक्षी देखिएका छन्। सचिव रुपनारायण बाहेक अन्य पौडेल समूहका रुपमा चिनिन्छन्।

धनकुटामा वर्तमान सभापति अग्नि पौडेल, मनोहरनारायण श्रेष्ठ, जिल्ला कोषाध्यक्ष दिनेश राई र सचिव विजयसन्तोषी राई र इन्दिरा थापा सभापतिको आकांक्षीका रुपमा देखिएका छन्।

ओखलढुंगामा जिल्ला उपसभापति तेजेन्द्र खनाल र सचिव रुद्र अधिकारी सभापतिको आकांक्षी भएका छन्। उनीहरु दुबै देउवा समूहका मानिन्छन्।

भोजपुरमा वर्तमान सभापति नन्दमणि राईले पुन नेतृत्वमा आउने कसरतमा छन्। पूर्वसभापति बालकृष्ण थापा, पूर्वसचिव हेमन्त मुकारुङ र तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंको पनि तयारी छ। सभापति राई, बालकृष्ण थापा पौडेल समूहका हुन् भने हेमन्त मुकारुङ देउवा र चापागार्इं सिटौला समूहका रुपमा चिनिन्छन्।

खोटाङमा वर्तमान सभापति नरेशकुमार श्रेष्ठ, पूर्वराज्यमन्त्री सर्वधन राई, क्षेत्रीय सभापति तीर्थराज भट्टराई र नेता भूपेन्द्रकुमार राईले जिल्ला सभापतिको आकांक्षीमा देखिएका छन्। यी मध्ये श्रेष्ठ र भट्टराई पौडेल समूहका हुन्। सर्वधन देउवा निकट र भूपेन्द्र सिटौला समूहका रुपमा चिनिन्छन्।

सोलुखुम्बुमा बर्तमान सभापतिमा विनोदकुमार बस्नेतल, पूर्वउपसभापति कृष्णप्रसाद निरौला नेता प्रकाशसिंह कार्कीले सभापतिमा दावी गरेका छन्। सभापति बस्नेत पौडेल समूह र निरौला र कार्की देउवा समूहकारुपमा चिनिन्छन्।

संखुवासभामा वर्तमान सभापति दीपनकुमार श्रेष्ठ,उपसभापति रहेका रामकुमार जिमी र क्षेत्रीय सभापति दीपक लिम्बू,मुक्तिसिंह राइ सभापतिको दौडमा रहेका छन्। मुक्तिसिंह राइ देउवा समूहका हुन्।भने अन्य सबै पौडेल निकट नेताकारुपमा चिनिन्छन्।

उदयपुरमा वर्तमान सभापति विदुर बस्नेत, प्रदेश सांसद हिमाल कार्की, पूर्वसांसद प्रमिला राई र क्षेत्रीय सभापति वसन्त बस्नेतले आकांक्षीका रुपमा देखिएका छन्। सांसद कार्की देउवा समूहका हुन् भने अन्य सबै पौडेल समूहका रुपमा चिनिन्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *