रामचन्द्रले दिए देउवालाई बधाई
काठमाडौं। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री लागेकोमा बधाई दिएका दिएका छन्। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले बधाइ दिएका हुन्।
उनले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेकमा न्यायामुर्तिहरुलाई पनि धन्यावाद दिएका छन्। पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ। यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !’
संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ ।
यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !— Ram Chandra Paudel (@NcPaudel) July 12, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment