जसपा उपेन्द्र यादव समूह तत्काल सरकारमा नजाने
फाइल फाेटाे।
काठमाडौं। सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश जारी गरेपछि देउवाले आजै प्रधानमन्त्रीको शपथ लिँदैछन्।
देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। उनले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग सरकारमा सहभागी हुने विषयमा छलफल पनि गरेका छन्।
तर गठबन्धनमा सहभागी दल जसपा उपेन्द्र यादव समूह भने तत्काल सरकारमा सहभागी नहुने भएको छ। यादव समूह पार्टीको आन्तरिक समस्याका कारण केही दिन पछाडिमात्र सरकारमा जाने यादव निकट सांसद प्रदीप यादवले बताए।
जसपाको आन्तरिक शक्ति संघर्षका कारण निर्वाचन आयोगमा दुई समूहमध्ये एकको वैधानिकताबारे साउन ७ गते फैसला हुँदैछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment