सर्वोच्चको प्रयुक्त कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको ओलीले बताए। उनले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताए।
प्रधानमन्त्री ओलीको सम्बोधन : अदालतको फैसलाले दीर्घकालीन प्रभाव पार्छ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्। मंगलबार सिंहदरबारबाट देशबासीकाे नाममा सम्वाेधन गर्दै उनले सर्वोच्च अदालतको फैसलाले दीर्घकालीन प्रभाव पार्ने बताए।
उनले भने, ‘यो फैसलाको समयले अग्निपरीक्षा लिँदै जानेछ। राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ। तर फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु।’
प्रधानमन्त्री ओलीले कोरोना महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताए। उनले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने जनाए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment