कर्णालीबाट सुरु भएको कांग्रेसको सत्ता यात्रा सिंहदरबारसम्म

सम्भव सिंह ठकुरी
३० असार २०७८ १४:१५

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त निर्वाचन घोषणा पत्र र बामगठबनधनसँग कांग्रेस इतिहासमै थोरै संख्यामा संसदमा प्रतिनिधित्व गरेर प्रमुख प्रतिपक्षको बेन्चमा पुगेको कांग्रेस साँढे तीन वर्ष पछि सरकारको नेतृत्व गर्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको थियो।

बाम गठबनधनबाट निर्वाचनमा उत्साहजनक बिजयी भएका एमाले र माओवादी केन्द्र ०७५ जेठ २ मा पार्टी एकीकरण गरी नेकपाको एकल सरकार बनेको थियो। ०१५ सालको आमनिर्वाचनमा वीपी कोइरालाको नेतृत्वमा संसदीय व्यवस्था र दुई तिहाइ बहुमतको पहिलो सरकार बनेको थियो।

त्यसपश्चात संसदीय इतिहासमै शक्तिशाली प्रधानमन्त्रीका रुपमा आसिन भएका एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा विभाजन र पार्टीको आन्तरिक द्वन्द्वका परिणाम आइतबार सर्वोच्चको फैसलाका कारण पदच्युत हुनपुगेका छन्।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा आवधिक निर्वाचन अगावै मुलुकको ४३ औं र व्यक्तिगत पाँचौ पटक प्रधानमन्त्री भएका छन्। निर्वाचनको साँढे तीन वर्षमै देउवा प्रधानमन्त्री बन्छन् भन्ने कुरामा एमाले अध्यक्ष ओली र देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो सबै राजनीतिक शक्ति प्रयोग गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं अनविज्ञ थिए।

गोरखाको चुनावी सभामा ओलीले कांग्रेसको इतिहासमा देउवा नै अन्तिम प्रधानमन्त्री हुने बताएका थिए। ओलीको सोही भनाइबारे खण्डन गर्दै कैलालीको धनगढी चुनावी कार्यक्रममा देउवाले अब पनि कांग्रेसको बहुमत आउने र आफू नै प्रधानमन्त्री बन्ने दाबी गरेका थिए।

‘ज्योतिषीले मलाई ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेका छन्, चुनावपछि पनि म नै प्रधामन्त्री बन्ने हो’, उनले भनेका थिए। मंगलबार पदभार सम्हाल्दै देउवा अहिले पाँचौ पटक प्रधानमन्त्री बनेका छन्। अरु दुई पटक देउवा प्रधानमन्त्री बन्लान् नबन्लान् समयले नै बताउला।

एमाले विवादले चम्कियो देउवाको भाग्य

गत वर्ष पुस ५ गते ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटन फागुन २३ गते अदालतले नेकपाको बैधानिकता खोरेजी र जेठ ८ गते ओलीले दोस्रो पटक प्रतिनिधिसभा बिघटन र त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमले संसदभित्रका कम्युनिष्ट पार्टीको ध्रुवीकरण र ओली विरुद्ध कांग्रेससँगको गठबन्धनले देउवालाई राजनीतिक रुपमा सहज र शक्तिशाली बन्ने अबसर प्राप्त भयो।

मंगलबार आफूसँगै कांग्रेसका तर्फबाट गृहमन्त्रालयको जिम्मेवारी बालकृष्ण खाँड गृहमन्त्री, ज्ञानेन्द्र बहादुर कानुन, न्याय मन्त्री र माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्रीको जिम्मेवार पाएका छन्। मंगलबार ५ सदस्यीय सानो आकारको मन्त्रिपरिषद् बिस्तार गरेका देउवाकालागि अबको सबैभन्दा चुनौती भनेको ३० दिनभित्र विश्वासको मत पाउनु हो।

कर्णालीबाट सुरुभएको थियो कांग्रेसको सत्तायात्रा

नेकपा अवैध ठहर भएपछि एमालेले कर्णाली प्रदेश सरकारको समर्थन फिर्ता लियो। त्यसपछि माओवादी केन्द्रबाट निर्वाचित भएका कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका थिए। तर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ४ सांसद र कांग्रेसका ६ सांसदले बैसाख ३ गते विश्वासको मत दिएपछि शाहीको सरकार १ वर्षका लागि ढुक्क बनेको छ।

सातवटै  प्रदेशमा प्रतिपक्षीको बेन्चमा पुगेको कांगे्रस सामाजिक मन्त्रालय र जलस्रोत मन्त्रालयको जिम्मेवार लिएर यज्ञबहादुर बीसी र दीनबन्धु श्रेष्ठ कांग्रेसको तर्फबाट सत्तायात्रा सुरु भएको थियो।

ध्रुवीकृत केन्द्रीय राजनीतिको बाछिटाले प्रभाव पारेको प्रदेश गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका नेताको हैसियतमा मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल पछि ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो। र, पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका थिए।

त्यसैले प्रदेश प्रमुखले संविधानको १६८ (५) बमोजिम जेठ २९ गते कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा निर्वाचित भएका थिए।

प्रदेश दुईमा पनि केन्द्रीय गठबनधनमा आबद्ध रहेका जसपा अध्यक्ष उपेन्द्र यादब समूहका मुख्यमन्त्री जसपा अध्यक्ष महन्थ ठाकुर समूहका ४ मन्त्रीहरु बर्खास्त गरि कांग्रेस तीन मन्त्रालय सहित साँढे तीन वर्षपछि सत्ताको यात्रामा बाजी मार्न पुगेको छ।

जेठ २६ गते सो प्रदेशका संसदीयदलका नेता रामसरोज यादवको नेतृत्वमा भौतिक पूर्वाधारमन्त्रालय सहित सरकारको यात्रा सुरुभएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *