बिहीबार पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
फाइल फाेटाे
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले बिहीबार पनि देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। नियमित बुलेटिनमार्फत महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको हो।
महाशाखाका अनुसार बिहीबार दिउसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
बुलेटिनमा भनिएको छ, ‘प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’
प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पनि बुलेटिनमा उल्लेख गरिएको छ।
अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
बिहीबार राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्ज/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment