दुबइमा नेपाली युवाले १९ लाख मूल्य पर्ने बीएमडब्लु रेसिङ बाइक जिते

डिसी नेपाल
३१ असार २०७८ १०:५२

काठमाडौं। दुबइमा एक नेपालीले बीएमडब्लु रेसिङ बाइक जितेका छन् । दुबइ ड्युटी फ्रिले संचालन गर्ने मिलेनियम मिलियनायर सिरिजमा उनले यो पुरस्कार जितेका हुन् । खलीज टाइम्सका अनुसार ३० वर्षका नेपाली रोहित मोटेले बीएमडब्लु आर नाइनेट स्क्र्याम्ब्लर ब्ल्याक स्टर्म मेटालिक रेसिङ रेड मोटरसाइकल जितेका हुन् ।

उनले अनलाइनमार्फत जुलाइ १ मा किनेको टिकट नम्बर ०५७५ मा फाइनेस्ट सरप्राइज सिरिज अन्तर्गत यो पुरस्कार जितेका हुन् । बीएमडब्लु डुकाटीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य अमेरिकामै १६ हजार डलर पर्छ । जसको नेपाली रुपैयाँ १९ लाख हुन्छ । अमेरिकाबाट नेपाल ल्याउँदा यसको मूल्य अझै धेरै हुन्छ ।

सिरिजको १ मिलियन डलर ज्याकपट उपहार भने एक भारतीयले जिते । भारतको ठाणेका गणेश शिन्देले टिकट नम्बर ०२०७ बाट यो पुरस्कार जितेका हुन् । यस्तै फाइनेस्ट सरप्राइज सिरिज अन्तर्गत ५२ वर्षका दुबइमा बस्ने अस्ट्रेलियाली नागरिक जस्टिन फ्रेन्चले रेन्जरोभर स्पोर्ट एचएसइ डायनामिक ५.० कार जितेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *