दशैं अन्याय र विभेदविरुद्ध उभिने संकल्पको अवसर बनोस् : गणेश ढकाल

डिसी नेपाल
२९ असोज २०८३ १२:३८
32
Shares

कतार। अन्तर्राष्ट्रिय नेपाली मञ्च, कतारका इन्चार्ज गणेश ढकालले विजयादशमी पर्व केवल परम्परागत उत्सव मात्र नभई अन्याय र विभेदविरुद्ध उभिने संकल्पको अवसर हुनुपर्ने बताएका छन्। विजयादशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्।

एक शुभकामना सन्देश जारी गर्दै इन्चार्ज ढकालले भनेका छन्, “दशैं केवल परम्परागत उत्सव मात्र होइन, यो अन्यायविरुद्ध न्यायको, उत्पीडनविरुद्ध मुक्तिको र विभेदविरुद्ध समानताको पक्षमा उभिने सङ्कल्पको अवसर पनि बनोस्। समाजमा विद्यमान वर्गीय शोषण, आर्थिक असमानता र सामाजिक विभेदको अन्त्य गर्दै सामाजिक न्याय र समाजवादी व्यवस्थाको आधार निर्माण गर्ने हाम्रो सङ्कल्प अझ दृढ बन्नुपर्छ।”

देशको समृद्धि केही सीमित व्यक्तिको हातमा मात्र केन्द्रित हुन नहुनेमा जोड दिँदै उनले थप भने, “देशको समृद्धि केही सीमित व्यक्तिको सम्पत्ति सञ्चयमा होइन, आम श्रमजीवी जनताको जीवनस्तर, अधिकार, अवसर र सम्मानमा प्रतिबिम्बित हुनुपर्छ। विदेशमा श्रम बेचिरहेका नेपालीहरूको पसिना र योगदानको उचित मूल्याङ्कन हुने, स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना हुने र कोही पनि वर्गीय तथा आर्थिक विभेदको सिकार बन्न नपर्ने समाज निर्माण आजको आवश्यकता हो।”

सामूहिक संकर्ष, विचार र संगठनको शक्तिबाट मात्रै समतामूलक, आत्मनिर्भर र न्यायपूर्ण समाजको निर्माण सम्भव हुने उल्लेख गर्दै उनले श्रमजीवी जनताको एकता र समानताको आन्दोलनमा सबैलाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन्।

शुभकामना सन्देश-

श्रमजीवी वर्गको मुक्ति, सामाजिक न्याय र समाजवादी भविष्यको संकल्पसहित!

विजयादशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनसमुदाय, श्रमजीवी वर्ग, किसान, मजदुर, उत्पीडित समुदाय तथा परिवर्तनका पक्षधरहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

दशैँ केवल परम्परागत उत्सव मात्र होइन, यो अन्यायविरुद्ध न्यायको, उत्पीडनविरुद्ध मुक्तिको र विभेदविरुद्ध समानताको पक्षमा उभिने सङ्कल्पको अवसर पनि बनोस्।

समाजमा विद्यमान वर्गीय शोषण, आर्थिक असमानता, सामाजिक विभेद र सबै प्रकारका उत्पीडनको अन्त्य गर्दै श्रमको सम्मान, उत्पादनका साधनमाथि जनताको न्यायोचित पहुँच, सामाजिक न्याय र समाजवादी व्यवस्थाको आधार निर्माण गर्ने हाम्रो संकल्प अझ दृढ बनोस्।

देशको समृद्धि केही सीमित व्यक्तिको सम्पत्ति सञ्चयमा होइन, आम श्रमजीवी जनताको जीवनस्तर, अधिकार, अवसर र सम्मानमा प्रतिबिम्बित हुनुपर्छ। विदेशमा श्रम बेचिरहेका नेपालीहरूको पसिना र योगदानको उचित मूल्याङ्कन हुने, स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना हुने र कोही पनि वर्गीय तथा आर्थिक विभेदको सिकार बन्न नपर्ने समाज निर्माण आजको आवश्यकता हो।

विचार, संगठन र सामूहिक संघर्षको शक्तिबाट समतामूलक, आत्मनिर्भर र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानमा हामी सबै एकताबद्ध बनौँ।
श्रमजीवी जनताको एकता जिन्दावाद!

सामाजिक न्याय र समानताको आन्दोलन जिन्दावाद!
समाजवादी भविष्य निर्माणको सङ्कल्प दृढ बनोस्!
विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना!

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *