विजयादशमीको शुभकामना दिँदै प्रवासी नेपाली मञ्च कतारका उपाध्यक्ष तिमिल्सिनाद्वारा विपद् पीडितको सहयोग र विचारको राजनीतिमा जोड

डिसी नेपाल
२९ असोज २०८३ ९:४६

दाेहा। प्रवासी नेपाली मञ्च, कतारका उपाध्यक्ष शेषराज तिमिल्सिनाले विजयादशमी केवल टीका र जमरामा मात्र सीमित नभई सत्य, न्याय, सद्भाव र असल विचारले गलत प्रवृत्तिमाथि विजय प्राप्त गर्ने प्रेरणाको पर्व भएको बताएका छन्।

विजयादशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली , अग्रज, इष्टमित्र एवम् शुभचिन्तकहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले यस्तो धारणा राखेका हुन्।

यस वर्षको दसैँ मनाइरहँदा प्राकृतिक विपत्तिका कारण घर, परिवार, धनसम्पत्ति तथा आफन्त गुमाएका बाढीपहिरो पीडित नेपालीहरूको पीडालाई गम्भीरताका साथ स्मरण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

विशेषगरी भोटेकोशी क्षेत्र तथा गण्डकी प्रदेशलगायत विभिन्न स्थानमा बाढीपहिरोबाट प्रभावित परिवारहरूप्रति गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै उनले ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ एवम् विस्थापित परिवारहरूको सुरक्षित पुनःस्थापनाको कामना पनि गरेका छन्।

चाडपर्वको वास्तविक खुसी अरूको दुःखमा साथ दिन सक्नुमा नै रहने उल्लेख गर्दै उनले यस दसैँमा व्यक्तिगत खुसीसँगै विपत्तिमा परेका नागरिकको पीडा बुझ्न, सकेको सहयोग गर्न र मानवीय एकता तथा सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरेका छन्।

राजनीतिक प्रसङ्गमा उपाध्यक्ष तिमिल्सिनाले व्यक्तिपूजाभन्दा विचारको सम्मान, अन्धसमर्थनभन्दा विवेकपूर्ण आलोचना र व्यक्तिगत स्वार्थभन्दा जनताको हितलाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गरेका छन्।

असहमतिलाई शत्रुताका रूपमा नभई सुधारको अवसरका रूपमा लिने संस्कारको विकास हुनुपर्नेमा जोड दिँदै उहाँले सत्य स्वीकार गर्ने, गल्ती सच्याउने र जनताप्रति उत्तरदायी बन्ने सद्बुद्धि सबैमा पलाओस् भन्ने कामना गरेका छन्।

शुभकामना सन्देश-

विजयादशमी केवल टीका र जमराको पर्व मात्र होइन, यो सत्य, न्याय, सद्भाव र असल विचारले गलत प्रवृत्तिमाथि विजय प्राप्त गर्ने प्रेरणाको पर्व पनि हो।

यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, अग्रज, इष्टमित्र तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

यस वर्षको दसैँ मनाइरहँदा प्राकृतिक विपत्तिका कारण आफ्नो घर, परिवार, धनसम्पत्ति तथा आफन्त गुमाउनुभएका बाढीपहिरो पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडालाई पनि हामीले उत्तिकै गम्भीरताका साथ स्मरण गर्नुपर्छ। भोटेकोशी क्षेत्र तथा गण्डकी प्रदेशलगायत विभिन्न स्थानमा बाढीपहिरोबाट प्रभावित परिवारहरूप्रति गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछु। ज्यान गुमाउनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विस्थापित परिवारहरूको सुरक्षित पुनःस्थापनाको कामना गर्दछु।

चाडपर्वको वास्तविक खुसी अरूको दुःखमा साथ दिन सक्नुमा पनि हुन्छ। त्यसैले यो दसैँमा व्यक्तिगत खुसीसँगै विपत्तिमा परेका नागरिकको पीडा बुझौँ, सकेको सहयोग गरौँ र मानवीय एकता तथा सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारौँ।

राजनीतिमा पनि व्यक्तिपूजाभन्दा विचारको सम्मान, अन्धसमर्थनभन्दा विवेकपूर्ण आलोचना र व्यक्तिगत स्वार्थभन्दा जनताको हितलाई प्राथमिकता दिन सकियोस्। असहमतिलाई शत्रुता होइन, सुधारको अवसरका रूपमा लिने संस्कार विकास होस्। सत्य स्वीकार गर्ने, गल्ती सच्याउने र जनताप्रति उत्तरदायी बन्ने सद्बुद्धि सबैमा पलाओस्।

यस विजयादशमीले नेपाली समाजमा आपसी सद्भाव, राष्ट्रिय एकता, सामाजिक न्याय र समृद्धिको नयाँ आशा जगाओस्। विपत्तिमा परेका नागरिकको जीवनमा पनि खुसी फर्कियोस् र हरेक नेपालीले सुरक्षित, सम्मानित तथा सुखी जीवन जिउन पाऊन्।

सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय विजयादशमीको शुभकामना!

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *