विजया दशमी, दीपावली र छठमा विकास भुजेलद्वारा शुभकामना

डिसी नेपाल
२८ असोज २०८३ २१:०८
16
Shares

दोहा, कतार। नेपालीहरूको महान् पर्व विजया दशमी (बडा दशैँ), शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा नेपाली जनसम्पर्क समिति गण्डकी प्रदेशका संयोजक एवं भुजेल समाजका सल्लाहकार विकास भुजेलले शुभकामना व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना दिएका हुन्।

एक शुभकामना सन्देश जारी गर्दै भुजेलले प्रवासको व्यस्त, कठिन र चुनौतीपूर्ण जीवनका बाबजुद पनि आफ्नो संस्कार, संस्कृति र मौलिकतालाई जोगाउँदै भाइचारा र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्।

नेपाली जनसम्पर्क समितिको १५ औँ महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले गण्डकी प्रदेशको समृद्धिका विचार, तनहुँ समाजको सामाजिक उत्तरदायित्व, भुजेल समाजको जातीय हक-हितका साथै ‘फिन्ये कतार’  र नेपाली जनसम्पर्क समितिमार्फत प्रवासमा रहेका नेपालीहरूको सेवा र एकतामा समर्पित हुन पाउनु आफ्ना लागि गौरवको विषय रहेको उल्लेख गरेका छन्।

दशैँको पावन पर्वले सबैमा नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोच प्रदान गर्ने विश्वास व्यक्त गर्दै भुजेलले असत्यमाथि सत्यको विजयको प्रतीक यो पर्वले सम्पूर्ण नेपालीहरूलाई सामाजिक एकता, भाइचारा र आपसी सहयोगको भावनामा दृढताका साथ अघि बढ्न प्रेरणा मिलोस् भन्दै नवदुर्गा भवानीसँग सबैको कल्याणको कामना गरेका छन्।

शुभकामना सन्देश-

बडा दशैँ २०८३ को शुभकामना ! ​आदरणीय दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण शुभचिन्तकज्युहरू, ​हार्दिक नमस्कार एवं विजया दशमीको मङ्गलमय शुभकामना! ​नेपालीहरूको महान् पर्व विजया दशमी (बडा दशैँ), शुभ दीपावली तथा छठ पर्व २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी, अग्रज, मित्रवर तथा शुभचिन्तकज्युहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। ​

प्रवासको व्यस्त, कठिन र चुनौतीपूर्ण जीवनका बाबजुद पनि आफ्नो संस्कार, संस्कृति र मौलिकतालाई जोगाउँदै एक-आपसमा भाइचारा र सामाजिक सद्भाव कायम राख्न हामी सधैँ प्रतिबद्ध छौँ। गण्डकी प्रदेशको समृद्धिका विचारहरू, तनहुँ समाजको सामाजिक उत्तरदायित्व, भुजेल समाजको जातीय हक-हित तथा FINYE QATAR र नेपाली जनसम्पर्क समिति मार्फत प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूको सेवा र एकतामा समर्पित हुन पाउनु मेरो लागि ठूलो गौरवको विषय हो। ​दशैँको यो पावन पर्वले हामी सबैमा नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोच प्रदान गरोस्।

असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक यो पर्वले हामीलाई सामाजिक एकता, भाइचारा र आपसी सहयोगको भावनामा अझ दृढताका साथ अघि बढ्न प्रेरणा देओस्। नवदुर्गा भवानीले हामी सबैको कल्याण गरून्। ​विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना!

बिकास भुजेल

संयोजक जनसम्पर्क समिति गण्डकी प्रदेश, सल्लाहकार भुजेल समाज तथा १५ औं महाधिवेशन प्रतिनिधि ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *