लोकतान्त्रिक मूल्य र मान्यतासहित विजयादशमीको शुभकामना : खगेन्द्र खनाल
दोहा, कतार। नेपाली जनसम्पर्क समिति कतारका सहमहामन्त्री तथा नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि खगेन्द्र खनालले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
खनालले विजयादशमीले आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक संस्कार, अभिव्यक्ति स्वतन्त्रता, फरक मतको सम्मान र नागरिक अधिकारको संरक्षणमा जोड दिएका छन्।
उनले समाजमा विद्यमान विभेद, अन्याय र निराशाको अन्त्य भई समानता, सुशासन र समृद्धिको नयाँ आशा जागोस् भन्दै सबै नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
शुभकामना सन्देश-
विजयादशमीको हार्दिक शुभकामना ।
विजयादशमी केवल टीका र जमराको पर्व मात्र होइन, यो आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको उत्सव पनि हो। यो पर्वले हामीलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अहंकारमाथि विवेकको विजयका लागि सधैँ प्रेरित गरोस्।
लोकतन्त्र केवल शासन व्यवस्था होइन, यो विचारको सम्मान, फरक मतको स्वीकार्यता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सर्वोच्चताको जीवन्त अभ्यास पनि हो। हामीले चाडपर्वको उल्लाससँगै लोकतान्त्रिक संस्कार, सामाजिक सद्भाव र मानवीय मूल्यलाई पनि आत्मसात् गर्न सकौँ। यो दशैँले समाजमा विद्यमान विभेद, अन्याय र निराशाको अन्त्य गर्दै समानता, स्वतन्त्रता, सुशासन र समृद्धिको नयाँ आशा जगाओस्।
विचार फरक हुन सक्छन्, तर हाम्रो साझा लक्ष्य समुन्नत राष्ट्र र सुखी नागरिक बनून्। देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! लोकतन्त्र बलियो बनोस्, नागरिक अधिकार सुरक्षित रहून् र हाम्रो समाजमा प्रेम, सद्भाव तथा सहिष्णुता सधै जिवित रहोस्।
खगेन्द्र खनाल
सहमहामन्त्री जनसम्पर्क समिति कतार
१५ औं महाधिवेशन प्रतिनिधि ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment