ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु : सांसद खगेन्द्र सुनार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि मिडिया र सामाजिक सञ्जालमा उठेका आरोपहरूका सम्बन्धमा राज्यका जिम्मेवार निकायबाट निर्मम र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै सांसद सुनारले आफूले कुनै पनि किसिमको गलत कार्य वा अपराध गरेको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारेका छन्। आफूमाथि उठेका प्रश्नहरूमा पार्टी, सदस्य, शुभचिन्तक र मतदाता कसैले पनि शिर झुकाउनु नपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘म र मैले कुनै कुकर्म गरेको खण्डमा पार्टी वा सरकार सती जानुपर्दैन। म राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु।’
साथै, छानबिनका क्रममा आवश्यक परे आफूलाई प्रतिनिधिसभा सदस्य तथा पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्दासमेत कुनै आपत्ति नरहेको उनले बताएका छन्।
आफूमाथि लागेको आरोपको कानुनी रूपमा सामना गर्न तयार रहेको बताउँदै उनले यस घटनामा जोडिएकी महिलामाथि भइरहेको मिडिया ट्रायल, अतिरञ्जित प्रचार र चरित्र हत्याप्रति कडा आपत्ति जनाएका छन्। राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील एक निर्दोष महिलामाथि विभिन्न फोटो, अडियो र भिडियो जोडेर गरJने जथाभावी टीकाटिप्पणी स्वीकार्य नहुने उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment