विजयादशमीको शुभकामना दिँदै जनसम्पर्क समिति कतारका महामन्त्री भुषालद्वारा लोकतान्त्रिक संस्कार र सामाजिक सद्भावमा जोड

डिसी नेपाल
२९ असोज २०८३ ९:५०
28
Shares

दाेहा। नेपाली कांग्रेसका १५ औँ महाधिवेशन प्रतिनिधि एवम् नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुषालले विजयादशमी केवल टीका र जमरामा मात्र सीमित नभई आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको उत्सव भएको बताएका छन्।

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अहंकारमाथि विवेकको विजयका लागि यस पर्वले सधैँ प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत महामन्त्री भुषालले लोकतन्त्र केवल शासन व्यवस्था मात्र नभई विचारको सम्मान, फरक मतको स्वीकार्यता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सर्वोच्चताको जीवन्त अभ्यास भएको उल्लेख गरेका छन्। चाडपर्वको उल्लाससँगै लोकतान्त्रिक संस्कार, सामाजिक सद्भाव र मानवीय मूल्यलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

यस वर्षको दसैँले समाजमा विद्यमान विभेद, अन्याय र निराशाको अन्त्य गर्दै समानता, स्वतन्त्रता, सुशासन र समृद्धिको नयाँ आशा जगाउने आशा व्यक्त गर्दै उहाँले विचार फरक भए पनि सबैको साझा लक्ष्य समुन्नत राष्ट्र र सुखी नागरिक निर्माण हुनुपर्ने विचार व्यक्त गरेका छन्।

लोकतन्त्र बलियो बनोस्, नागरिक अधिकार सुरक्षित रहून् तथा समाजमा प्रेम, सद्भाव र सहिष्णुता सधैँ जीवित रहोस् भन्ने कामना गर्दै महामन्त्री भुषालले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश-

विजयादशमी केवल टीका र जमराको पर्व मात्र होइन, यो आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको उत्सव पनि हो।

यो पर्वले हामीलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अहङ्कारमाथि विवेकको विजयका लागि सधैँ प्रेरित गरोस्।

लोकतन्त्र केवल शासन व्यवस्था होइन, यो विचारको सम्मान, फरक मतको स्वीकार्यता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सर्वोच्चताको जीवन्त अभ्यास पनि हो। हामीले चाडपर्वको उल्लाससँगै लोकतान्त्रिक संस्कार, सामाजिक सद्भाव र मानवीय मूल्यलाई पनि आत्मसात् गर्न सकौँ।

यो दशैँले समाजमा विद्यमान विभेद, अन्याय र निराशाको अन्त्य गर्दै समानता, स्वतन्त्रता, सुशासन र समृद्धिको नयाँ आशा जगाओस्। विचार फरक हुन सक्छन्, तर हाम्रो साझा लक्ष्य समुन्नत राष्ट्र र सुखी नागरिक बनून्।

देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना!

लोकतन्त्र बलियो बनोस्, नागरिक अधिकार सुरक्षित रहून् र हाम्रो समाजमा प्रेम, सद्भाव तथा सहिष्णुता सधै जिवित रहोस् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *