विप्लव समूहका नेता ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

डिसी नेपाल
३१ असार २०७८ १९:१०
292
Shares

काठमाडौं। सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीस प्रकाश ढुंगाना र मनोजकुमार शर्माको सँयुक्त इजलासले विहीबार ओलीलाई रिहा गर्न आदेश दिएको हो।

सरकारले २०७५ फागुन २८ गते नेकपामाथि प्रतिबन्ध लगाएको केही समयपछि ओली काभ्रेबाट पक्राउ परेका थिए। ओलीलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको थियो। ओलीको स्वास्थ्य अवस्था विग्रिएपछि शहिद गंगलाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौंमा उपचार भइरहेको छ।

सरकारसँगको ३ बुँदे सहमतिपछि नेकपामाथिको प्रतिबन्ध हटेको थियो भने गत फागुन २१ गते पार्टी महासचिव विप्लव समेत सार्वजनिक भएका थिए। तर ओली रिहा भएका थिएनन्। सरकारसँग सहमति भएको झण्डै ५ महिनापछि सर्वोच्चले ओलीलाई रिहा गर्न आदेश दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *