महान्यायाधीवक्तामा खाती नियुक्त
काठमाडौं। महान्यायाधीवक्तामा अधिवक्ता खम्बहादुर खाती नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई महान्यायाधीवक्तामा नियुक्त गरेकी हुन्। बाजुराका अधिवक्ता खाती काँग्रेस सम्बद्ध हुन्।
प्रतिनिधिसभा विघटनबारे तथा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमा अधिवक्ता खातीले देउवाको तर्फबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरेका थिए। सरकार परिवर्तनसँगै प्रधानमन्त्रीका प्रमुख कानुनी सल्लाहाकार मानिने महान्यायाधीवक्ता परिवर्तन हुने प्रचलन छ। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि तत्कालिन महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका थिए।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment