एमाले स्थायी कमिटी बैठक : १५ मिनेट बसेर बाहिरिए नेपाल पक्षका नेता

डिसी नेपाल
१ साउन २०७८ १३:२०
1.6k
Shares

काठमाडौं। एमाले स्थायी कमिटीमा माधव नेपाल समूहका नेताहरुले आफ्नो धारणा राखेर बाहिरिएका छन्।

उनीहरुले बैठक रोक्न र एकतको पहल गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए। तर ओलीले बैठक नरोक्ने बताएपछि नेपाल समूहका नेता बैठकबाट बाहिरिएका छन्।

बैठक सुरु भएपछि उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीसँग अनुमति लिएर आफ्ना भनाइ राखेका थिए। रावलले स्थायी कमिटी र आजै बस्ने संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरेका थिए।

तर अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्ने बताएपछि नेपाल समूका नेता बैठकबाट बाहिरिएका थिए। बैठकमा माधव नेपाल समूहबाट वार्ता टोली सदस्य सहभागी थिए।

बैठकमा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सचिवद्वय भीम आचार्य र गोकर्ण विष्ट सहभागी थिए। उनीहरु बैठक सुरु भएको १५ मिनेटपछि बाहिरिएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *