माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुँदै, भोलि दुई मन्त्रीको शपथग्रहण

डिसी नेपाल
१ साउन २०७८ २०:०८

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादी केन्द्रका तर्फबाट शनिबार संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने भएका छन् । उनीहरूले शनिबार दिउँसो ३ बजे शपथ ग्रहण गर्ने तय भएको छ । तर, मन्त्रालयको अझै टुङ्गो लागेको छैन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *