भाडाको कारमा छुटेको सामान फेला पारी हस्तान्तरण

डिसी नेपाल
२ साउन २०७८ १७:०४

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भाडाको कारमा छुटेको सामान फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार तिनचुली देखि बौद्धसम्म यात्रा गर्ने क्रममा बा २ ज २०५९ नम्बरको भाडाको कारमा आफ्नो मोबाईल फोन छुटेको भनि पेम्बा दोर्जे शेर्पाले निवेदन दिएका थिए ।

निवेदनका आधारमा खोजतलास गर्दा मोबाईल फेला पारी उनलाई आज हस्तान्तरण गरिएको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *