माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी, दुई मन्त्रीको शपथग्रहण

डिसी नेपाल
२ साउन २०७८ १७:१४

काठमाडौं । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रका दुइजान मन्त्री सहभगी भएका छन् । शनिबार प्रदेश प्रमुख डा. राजेश झा (अहिराज)ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथग्रहण गराएका हुन् ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा दिएका थिए ।

माओवादी संसदीय दलका नेता समेत रहेका नवनियुक्त मन्त्री साह महोत्तरी क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *