काठमाडौं महानगरमाको वृक्षारोपण अभियान शुरु

डिसी नेपाल
२ साउन २०७८ १७:२६

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शनिबार वृक्षारोपण थालेको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा नम्ब।र १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी गरेका छन्। उनले चाँपको विरुवा रोपेर अभियान शुरु गरेका छन्। वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो।

विरुवा रोपिसकेपछि सहरी सरसफाई, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना र सम्पन्न कामका बारेमा प्रमुख शाक्यले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘परिवर्तन धेरै भएको छ। आवश्यकता पूरा गर्न अझै पनि काम गर्नुपर्नेछ।’

‘सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने हाम्रो नीति हो। नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा विरुवा रोप्ने काम भएको छ। साना विरुवा हुर्काउन कठिन हुने भएकोले कम्तीमा ५ फिटभन्दा अग्ला विरुवा रोप्ने मापदण्ड बनाएर नै हामीले काम गरेका छौँ’, उनले थपे।

महानगरले वडाहरुसँग समन्वय गरेर यो बर्खामा २ हजार ५ बढी विरुवा रोप्ने योजना बनाएको छ। वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार शनिबार अभियान थाल्दै शिरिष, कपुर, कल्की र चाँप जातका करीव १३० विरुवा रोपिए।

उनले भने, ‘विरुवा रोप्नु जत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो। यसका लागि बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ। श्रेष्ठ भन्नुहुन्छ, यसका वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *