माधव नेपालको पुत्ला जलाएकाेमा केपी ओलीप्रति रघुजी पन्तको आक्रोश

डिसी नेपाल
५ साउन २०७८ १२:१६
6.4k
Shares

काठमाडौं। नेकपा एमालेको नेता रघुजी पन्तले नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपाल विरुद्ध नारा लगाएर, उनको पुत्ला जलाएर पार्टी जुटाउन कि फुटाउन खोजेको भन्दै प्रश्न गरेका छन्।

मंगलबार सामाजकि संजाल फेसबुकमा स्टाटस लेख्दै पन्तले पार्टी अध्यक्ष आफैंले जथाभावी भन्ने, गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र केका लागि भन्दै मनैदेखि एकता चाहेको हो भने त्यही अनुसारको व्यवहार गर्न आग्रह गरेका छन्।

नेकपा एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सासदलाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो। उक्त निर्णयप्रति आक्रोश पोख्दै माधव नेपाल पक्षीय नेता पन्तले माधव नेपालको पुत्ला जलाएकोप्रति आक्रोश व्यक्त गरेका हुन्।

उनले सर्वोच्च अदालतको फैसला विरुद्ध नारा जुलुश गर्ने र प्रधानन्यायाधीश विरुद्ध नारा लगाउँदै उनको पूत्ला काम गर्न दुई पटक प्रधानमन्त्री भएका केपी ओली, कानुन मन्त्री भइसकेका अग्नि खरेल सुवास नेम्वाङले कसरी आफ्ना कार्यर्कालाई निर्देशन दिइरहेका छन् भन्दै प्रश्न गरेका छन्। ‘आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु पो राम्रो होला,’ उनले भनेका छन्।

पन्तले अगाडि भनेका छन्, ‘अहिले सडकमा जेजस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भैरहेको छ त्यसले नेकपा (एमाले) को मान, नेतृत्वको योग्यता , क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछ। यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु। हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं , माफ गर्नुहोला जनता जनार्दन!’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *