कांग्रेस महाधिवेशन ‘डिजिटल भोटिङ’ प्रविधिबाट !

डिसी नेपाल
५ साउन २०७८ १५:०८
192
Shares

काठमाडौं। नेपाली काग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले ‘डिजिटल भोटिङ’ प्रविधिबाट महाधिवेशन गर्न सकिने विकल्प अगाडि सारेको छ। पार्टीको आगामी १४औं महाधिवेशमा कोरोनाका कारण भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ बगर्ने विकल्प अघि सारेको हो।

नेपाली कांग्रेसले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको जनाएको हो।

‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ’ विज्ञप्तिमा भनिएको छ।

कोरोना अहिलेकै अवस्थामा रहिरहे भदौ १६ देखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनमा यो प्रविधि लागू गर्न सकिन्छ। तर यो प्रविधिबाट महाधिवेशन गर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्छ। यो प्रणालीअनुसार कांग्रेसले महाधिवेशन गर्ने हो भने महाधिवेशन प्रतिनिधि काठमाडौं वा प्रदेशका केन्द्रहरूमा उपस्थित हुनु पर्दैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *