सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउने माओवादीको निर्णय

डिसी नेपाल
६ साउन २०७८ १७:२०

काठमाडौं। सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने निर्णय गरेको छ। माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि साझा कार्यक्र बनाउने र त्यसै अनुसार अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले गठबन्धनको सरकार न्युनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न बैठकले आव्हान गरेको गरेको बताए। उनले साझा कार्यक्रम बनाउनका लागि गठबन्धनको कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको समेत बताए। कार्यदलमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट स्थायी कमिटी सदस्य वर्षमान पुन र जसपाबाट राजेन्द्र श्रेष्ठ छन्।

माओवादीले प्रतिगमनविरुद्धको संघर्ष सफल भएकोसमेत निष्कर्ष निकाल्दै अब सरकारलाई सकरात्मक ढंगले अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। प्रवक्ता श्रेष्ठले सरकारलाई पनि सकरात्मक ढंगले अगाडि बढाउने र पार्टीको संगठन विस्तारलाई पनि तिब्रता दिने निर्णय भएको जानकारी दिए। उनले साउन २० र २१ गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्नेसमेत जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *