सांसद पदबाट राजीनामा दिन अमरेश बालुवाटारमा

डिसी नेपाल
६ साउन २०७८ १७:५३

काठमाडौं। काँग्रेस सांसद अमरेश सिंहले सांसदबाट राजीनमा दिने घोषणा गरेका छन्। सर्लाहीबाट काँग्रेस उम्मेदवारका रुपमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सिंहले पार्टीको क्रियाशील सदस्यता विवादमा सांसद पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

राजीनामा पत्र बुझाउन उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। उनले डिसी नेपालसँग भने, ‘पार्टी सभापति तथा प्रधानमन्त्रीलाई राजीनामा दिन यहाँ (बालुवाटार) आएको छु।’ उनले पार्टीका इमान्दार नेता कार्यकर्तालाई क्रिायशील सदस्यता नदिएर ठेकादारलाई दिएको भन्दै विरोध जनाउँदै आएका छन्। उनले इमान्दार कार्यकर्ताको क्रियाशील सदस्यता संरक्षण गर्न नसक्नेले अरु अधिकारको के रक्षा गर्छ भन्दै राजीनमा दिन लागेको बताए।

काँग्रेसमा क्रियाशील सदस्यताको विषयले चरम विवाद निम्त्याएको छ। पूर्वराष्ट्रपति डा. रामबरण यादवका छोरा चन्द्र मोहन यादव क्रियाशील सदस्यता विवादकै कारण पार्टी कार्यालय सानेपामा अनशन बसिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *