म माधव नेपाललाई अध्यक्ष बनाउन तयार थिएँ : ओली

डिसी नेपाल
६ साउन २०७८ २१:३१

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। बुधबार च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफू पार्टी एकताका लागि हदैसम्म लचिलो भएको र अध्यक्ष पनि बनाउन तयार भइसकेको तर, नेता नेपालले नमानेको बताएका हुन्।

बैठकमा सहभागी केन्द्रीय सदस्य विशाल भट्टराईले भने, ‘अध्यक्षले आज सम्बोधनका क्रममा अध्यक्ष दिन तयार थिएँ भन्नु भएको हो। अब तयार भएँ भन्नु भएको होइन। पार्टी एकताका लागि लचक हुने कुरा गर्नु भएको हो। भोलि पनि उहाँको सम्बोधन हुन्छ बाँकी कुरा त भोलि नै आउला।’

केन्द्रीय कमिटीको जारी १० औं पूर्ण बैठकको तेस्रो दिन बुधभबार अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेकोसमेत बताएका छन्।

सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुच्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए। ‘मसँग अब अरु आग्रह छैन। म एकताको मोही अझै मथ्दै छु। सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन आन्दोलन बचाउन अनुरोध गर्छु,’ अध्यक्ष ओलीले बैठकमा भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *